Follow us:

Our Events

‘वित्तिय क्षेत्र स्थायित्व : प्राथमिक राष्ट्रिय एजेण्डा’ -Financial Sector Stability: A priority national agenda_ विषयमा एक दिने अन्तरक्र्रिया कार्यक्रम

2018-10-02 11:46:51

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी असोज १९ गते (तद्अनुसार ५ अक्टोबर, २०१८) मा ‘वित्तिय क्षेत्र स्थायित्व : प्राथमिक राष्ट्रिय एजेण्डा’ -Financial Sector Stability: A priority national agenda_ विषयमा एक दिने अन्तरक्र्रिया कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँछौं । उक्त कार्यक्रममा वित्तिय क्षेत्रको स्थायित्व तथा सहकारी क्षेत्रको चुस्त नियमनका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, टिप्पणी तथा सरोकारवालाहरुको सुझाव समेत संकलन गरिनेछ । । 
उक्त कार्यक्रममा अर्थ मन्त्रालय, वित्तिय क्षेत्रका नियामक– नेपाल राष्ट्र बैंक, वीमा समिति, धितोपत्र बोर्ड, राष्ट्रिय सहकारी विभाग, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, निजी क्षेत्र, विज्ञहरु, सञ्चारमाध्यम तथा विश्वविद्यालयका छात्र, छात्राहरु सहभागी हुनुहुनेछ ,उक्त वृहत अन्तरक्रिया कार्यक्रमममा यहाँको गरिमामय उपस्थीतिको लागी हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम 
मिति : २०७५ असोज १९ गते, शुक्रवार (तद्अनुसार ५ अक्टोबर, २०१८)
समय :बिहान ८ः३० वजे  
स्थान : होटल अन्नपूर्ण दरवारमार्ग, काठमाडौं ।