Follow us:

Our Notices

हाइड्रो सोलुसन फेलोशिप सम्वन्धी सूचना

2018-10-14 14:06:35

 

मिति : २०७५ असोज २८ गते


आर्थिक पत्रकार साथीहरु,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २१ औं वार्षिकोत्सव‘ सेजन डे ’ को अवसर पारेर जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचार लेख्नका लागि एक जना सेजन सदस्यलाई उक्त फेलोशिप प्रदान गर्न लागेका छौ । उक्त फेलोशिपलको लागि २०७५ कात्तिक मसान्तभित्र जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचारका लागि प्रस्ताव सेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।  फेलोशीपको राशी २५,००० रुपैँया रहेको छ ।



भीम प्रसाद गौतम
महासचिव
नेपालआर्थिक पत्रकार समाज