Follow us:

Our Notices

गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ का लागि समाचार, लेख रचना पठाउन अनुरोध

2018-10-02 10:50:25

गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ का लागि समाचार, लेख रचना पठाउन अनुरोध

गरीवी तथा गरीवीनिवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले गरीवीनिवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गरिदै आईएको छ ।  राष्ट्रिय तथा मोफसलका प्रिन्ट तथा विद्युतीय समाचार माध्यम गरी चार फरक फरक विधामा प्रदान गरिने यो पुरस्कारका लागि आर्थिक वर्ष २०७४ र ७५ मा प्रकाशित तथा प्रशारित समाचार, लेख तथा रचना असोज २९ गते भित्र तल उल्लेखित कुनै एक ठेगानामा पठाउनु हुन अनुरोध गरिन्छ ।
विस्तृत जानकारीका लागि तल उल्लेखित ठेगानामा सम्पर्क गर्न तथा वेव पेज हेर्न अनुरोध गर्दछौं ।

नेपालआर्थिक पत्रकार समाज (सेजन)                     गरीवीनिवारण कोष, ताहचल
nepal.sejon@gmail.com                                   पोष्ट वक्स ९९८५
                                                             info@pafnepal.org.np
टेलिफोन  नं  ०१-४१०२९७४                             टेलिफोन नं  ०१-४०३०७००
www.sejonnepal.org.np                          www.pafnepal.org.np   

 

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार (२०७५) का लागि लेख तथा रचना पठाउन अनुरोध

गरीवी निवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले गरीवी निवारण कोषले गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेकोछ । प्रिन्ट मिडिया तथा विद्युतिय गरि ४ फरक फरक विधामा यो पुरस्कार प्रदान गरिनेछ । गरीवीका समग्र मुद्धाहरु, सफलता र सिकाईहरुलाई आम सचारमा ल्याउनका लागि योपुरस्कारका स्थापना गरिएको हो ।
१. राष्टिय प्रिन्ट मिडिया (नेपाली) : नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक
पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
२. राष्टिय प्रिन्ट मिडिया (अग्रेजी) :  नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा अग्रेजी भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
३. विद्युतिय सञ्चार माध्यम : टेलिभिजन,रेडियो र अनलाईन मार्फत प्रशारित तथा प्रकाशित समाग्री
४.स्थानीय प्रिन्ट मेडिया : मोहफसलवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
सवै विधा अन्तर्गत पुरस्कारका लागि रु ४०,०००(चालिस हजार रुपैयाँ) र प्रमाण पत्र प्रदान गरिनेछ ।
उक्त पुरस्कारको छनौट एवं व्यवश्थापनका लागि कोषले नेपाल आर्थिक पत्रकार समाज (सेजन) संग सहकार्य गरेका ेछ । हरेक वर्ष अक्टोवर १७ मा मनाईने गरीवी निवारण सवन्धी अन्तराष्टिय दिवस (International Day for Eradication of Poverty) को अवसरमा विशेष समारोहका आयोजना गरी यो पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारको व्यवस्थापन

पुरस्कारका लागि लेख रचनका छनौट, आवश्यक प्रचार प्रसार, र समग्र व्यवश्थापनका लागि कोषले आर्थिक पत्रकार समाजसंग सहकार्य सम्वन्धि समझदारी गरेको छ ।
निर्णायक मण्डल सेजन र कोषको समझदारीमा तिन सदस्यीय निर्णायक मण्डल गठन गरिनेछ । यो निर्णायक मण्डलले पुरस्कारसवन्धी सवै कार्यविधि र नियमहरु वनाउन सक्नेछ । निर्णायक मण्डलमा कोषका एक प्रतिनिधि, सेजनका प्रतिनिधिका रुपमा एक जना वरिष्ठ पत्रकार र अर्काे एक वाह्य विशेषज्ञ (अर्थशास्त्री अथवा पत्रकार) रहने व्यवस्था गरिएको छ ।
लेख रचना तथा समाचार सम्वन्धी व्यवस्था

१. पुरस्कारका लागि समाचार सामाग्री मिति २०७४ साउन १ गते देखि २०७५ असार ३१ गते भित्र प्रकाशन तथा प्रसारण भएको हुनुपर्नेछ ।
२. विद्युतिय सञ्चार माध्यम ( टेलिभिजन,रेडियो र अनलाईन) को लागि समाचार तथा कार्यक्रम प्रसारण भएको हुनुपर्नेछ ।
३. स्थानीय प्रिन्ट मिडियाको हकमा मोफसलमै प्रकाशित हुने दैनिक,साप्ताहिक र पाक्षिक पत्रपत्रिकालाई समावेश गरिनेछ ।

पुरस्कारका लागि आफ्ना लेख रचना तथा प्रसारित सामाग्री मिती असोज २९, २०७५ भित्र सेजनको कार्यलय, अनामनगर तथा गरीवी निवारण कोषको कार्यलयमा पठाउन सकिनेछ ।
 

नेपालआर्थिक पत्रकार समाज (सेजन)                      गरीवीनिवारण कोष, ताहचल
nepal.sejon@gmail.com                                   पोष्ट वक्स ९९८५
                                                             info@pafnepal.org.np
टेलिफोन  नं  ०१-४१०२९७४                             टेलिफोन नं  ०१-४०३०७००
www.sejonnepal.org.np                          www.pafnepal.org.np