२०७४ साउन १२ गते बिहीवार बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७४ साउन १२ गते बिहीवार बसेको बैठकले निम्नानुसार निर्णय गरेको जानकारी गराउँछौं ।

१. सेजनको १८ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम काठमाडौंमा २०७४ भदौ १६ गते शुक्रवार आयोजना गर्ने ।

२. निर्वाचन प्रयोजनका लागि नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा पत्रकार बालकृष्ण बस्नेत तथा कानून व्यवसायी बाबुराम अर्याल समेत रहेको निर्वाचन समिति गठन गर्ने ।

३. सेजन सदस्यता नवीकरणका लागि दिइएको समयावधी २०७४ साउन १५ गतेबाट २०७४ साल साउन ३२ गतेसम्मका लागि थप गर्ने ।

४. सेजन अध्यक्ष, पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्नका लागि सेजन विधानमा सदस्यता लिएको क्रमशः ६ वर्ष, ४ वर्ष र २ वर्ष हुनु पर्ने व्यवस्था रहेकोमा सेजन विधानको धारा २९ ले दिएको अधिकार प्रयोग गरी कार्यसमितिले अध्यक्ष पदमा उम्मेदवार बन्न सदस्यता लिएको ६ वर्ष पूरा भएको हुनु पर्ने, पदाधिकारी पदको उम्मेदवार बन्न ४ वर्ष पूरा भएको हुनु पर्ने र सदस्य पदमा उम्मेदवार बन्न २ वर्ष पूरा भएको हुनु पर्ने व्यवस्था गरियो ।