सेजन अवार्ड सम्वन्धी सूचना

मिति : २०७४ कार्तिक ६ गते
सेजन सदस्य साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २० औं वार्षिकोत्सव‘सेजन डे’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७३ कार्तिक १ गते देखि २०७४ असोज मसान्तसम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा  पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा, अनलाइन, रेडियो, टेलिभिजन) बाट प्रकाशन तथा प्रसारण भएका उत्कृष्ट समाचार सामग्रीहरु अन्तीम मिति २०७४ कार्तिक मसान्तसम्म समाचार सामग्रीहरु सेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं ।
भीम गौतम
महासचिव
नेपाल आर्थिक पत्रकार समाज