मिति २०७२ मंसिर २० गतेको निर्णयहरु

१. नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष एवम् कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको मस्तिष्कसम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचार भइरहेकोले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सेजनले ‘सञ्जय न्यौपाने उपचार कोष’ खडा गरेको छ । उक्त कोषमा सेजनका तर्फबाट रु। ५०,००१/- अक्षेरपी पचास हजार एक रुपैयाँ  सहयोग राखिएको छ । उपचारमा सहयोगका लागि सम्पूर्ण सेजन सदस्य, सरोकारवाला र शुभचिन्तकहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं। १५७०४१ P मा सहयोग रकम जम्मा गर्न हार्दिक अनुरोध गरिन्छ ।