मिति : २०७२ फागुन १० गतेको निर्णयहरु

१ . सेजन बनभोज २०७२ फागुन २१ गते शुक्रवार गोदावरीमा आयोजना गर्ने र सहभागिहुने प्रत्येक सदस्यवाट रु ५०० उठाउने साथै अपुग रकम सेजनको कोषवाट राख्ने निणर्य गरियो ।

२. सेजनको सदस्यता सम्वन्धी कार्यविधी निर्माणका लागि उपाध्यक्ष पुष्पराज आचार्यको संयोजकत्वमा कोषध्यक्ष भिमप्रसाद गौतम र सदस्य सविन मिश्र समेत सहभागि तिन सदस्यीय समिति गठन गर्ने र सो समितिले २०७२ फागुन मसान्त सम्ममा कार्यविधिको मस्यौदा निर्माण गरिसक्नुपर्ने निर्णय गरियो ।

 ३. सेजन कल्याणकारी कोष निर्माणका लागि कार्यविधि निर्माणका लागि महासचिव मोदनाथ ढकालको संयोजकत्वमा सचिव रामराजा श्रेष्ठ र सदस्य सुजन ओली समेत रहेको तिन सदस्यीय समिति गठन गर्ने र सो समितिले २०७२ फागुन मसान्त सम्ममा कार्यविधिको मस्यौदा बनाइ सक्नु पर्ने निर्णय गरियो । र एनवी वैंकमा रहेको सेजनको खातालाई नेपाल आर्थिक पत्रकार समाज कल्याणकारी कोषको नाममा सञ्चालन गर्ने निर्णय गरियो ।

४. सेजन तालिम कोषका लागि कार्यविधि बनाउने जिम्मा सदस्य भुपेन्द्र खड्का र सदस्य लवेश प्याकुरेललार्य दिने निर्णय गरियो । सो समितिले २०७२ फागुन मसान्त सम्ममा कार्यविधिको मस्यौदा बनाइ सक्नु पर्ने निर्णय गरियो ।

५ . अन्तराष्ट्रिय श्रम संगठन ILO को दुईदिने तालिम २०७२ साल फागुन १७ र १८ गते मोरङ जिल्लाको विराटनगरमा मध्य पहाडी ७ जिल्ला सहीत विराटनगरका पत्रकारलाई लक्षीत गरि सञ्चालन गर्ने र विश्व खाद्य कार्यक्रम ILO संगको समन्वमा २०७२ फागुन १२ गते अन्तरक्रिया कार्यक्रम आयोजन ागर्ने निर्णय गरियो ।