मिति २०७२ पुस १ गतेको निर्णयहरु

१. सेजनका सदस्य तथा अन्य आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विविध विषयमा तालिम आयोजना गर्ने र त्यसका लागि बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल दुरसञ्चार प्राधिकरण र केन्द्रीय तथ्याङक विभाग संग छलफल तथा प्रक्रिया अघि बढाउने निणर्य गरियो ।

२. हाल भारतीय नाकावन्दीका कारण विभिन्न वस्तुको आपूर्ति र मुल्यमा परेको असर सम्वन्धमा फिल्ड रिसर्च गरि प्रतिवेदन तयार गर्न एक सेजन सदस्यलाई जिम्मा दिने गरि सम्पूर्ण सदस्यवाट प्रस्ताव आवहन गर्ने निणर्य गरियो ।  साथै भविष्यमा आउने अन्य सान्दर्भिक विषयमा यस्तै अध्ययन गर्ने पनि निर्णय गरियो ।

३ . नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सदस्यहरुको दुर्घटना । स्वास्थ्य बीमा गर्ने सम्वन्धमा सम्बन्धित कम्पनी संग छलफल गर्ने निणर्य गरियो । आर्थिक पत्रकार आचारसंहिता निणर्यको काम अघि बढाउने निणर्य गरियो ।