मिति २०७२/०६/२४ गतेको निर्णयहरु

१. गैरआवसीय नेपाली संघको सम्मेलन बुलेटिनको संयोजक सेजनका उपाध्यक्ष श्री पुष्पराज आचार्य र सदस्य सेजनका कोषध्यक्ष श्री भिम प्रसाद गौतम रहने गरि समिति गठन गरियो । बुलेटिनको सम्पादकमा नेपाल रिपब्लिक मिडियाका वरिष्ठ संवाददाता बालकृष्ण ज्ञवालीलाई नियूक्त गर्ने निर्णय गरियो ।

२. गैरआवासीय नेपाली संघको सम्मेलन बुलेटिन प्रकाशनका लागि छपाइका लागि कोटेसन आवहान गरिएकोमा अर्यालो अफसेट प्रेसले प्रतिकपि रु ४० आराधना प्रिन्टिङ एण्ड पब्लिशर ले प्रति कपि रु ३५ र क्रियटिभ प्रेसले प्रतिकपि रु ३० का दरले बुलेटिन छाप्ने कोटेसन पेस गरेकोमा थप छलफल गर्दा क्रियटिभ प्रेस ले प्रतिकपी रु २८.५०÷– का दरले बुलेटिन छाप्ने भएको हुँदा सवै भन्दा कम मुल्य प्रस्ताव गर्ने क्रियटिभलाई बुलेटिन छाप्न दिने निर्णय गरियो ।

३. गरिवि निवारण कोष पत्रकारीता पुरस्कार छनोट निर्णयक मण्डलमा सेजनका तर्फबाट संस्थापक अध्यक्ष प्रतिक प्रधानलाई सिफरिस गर्ने निर्णय गरियो । निर्णायक मण्डलमा तेज बहादुर के.सी ( अर्थबिद) र श्रीराम सुवेदी ( गरिबिनिवारण कोष) समेत रहने छन् ।