नविकरण गर्न अन्तिम मिति २०७४ भाद्र ७ गते बुधवार सम्म

मिति : २०७४/०४/ ३२ गते
सेजन सदस्य साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को मिति २०७४ साउन ३२ गते बसेको कार्यसमिति वैठकले नविकरण गर्न बाँकी सदस्य साथीहरुको लागि समय थप गरि अन्तिम मिति २०७४ भाद्र ७ गते बुधवार सम्म समय सिमा तोकेको छ । उक्त अवधिभित्र सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौं ।
सदस्यता नविकरण गर्दा सेजनको परिचयपत्र पनि प्रदान गरिने हुदा एकप्रति अटो/पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्न यहाँहरु सबैमा हार्दिक अनुरोध गरिन्छ ।

नोट : अन्तिम पटक थपिएको समयभित्र पनि नविकरण नगर्ने साथीहरु निर्वाचन प्रक्रियामा सहभागि हुन नपाउने जानकारी गराउन चाहन्छौं ।

सहयोगका लागि धन्यवाद सहित ।

सचिवालय
नेपाल आर्थिक पत्रकार समाज (सेजन)